बक्सिङ छनोट सुरु
खेलकुद , बक्सिंग ,
सर्बियामा आगामी अक्टोबरको अन्त्यमा सुरु हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । ५ स्पर्धा समावेश भएपनि खेलाडी संख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ । विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने छ ।
पहिलो दिन पुरुष ६७ केजीमा नक्सालका अश्विन धिरज श्रेष्ठले नक्सालकै एबल थापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे ।
त्यस्तै ५७ केजीमा एपीएफ क्लबका पुरन राईले एचटुओका बुद्ध ग्यालमो लामा, दाङका निसम घर्ती मगरले नेपाल प्रहरीका शम्भु राजवंशी, बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका सुदिप श्रेष्ठ र आर्मीका पुरन सुनवारले अल्फाका रेमन पुनलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । प्रतियोगितामा नेपाल बक्सि संघका अध्यक्ष राम अवाले,उपाध्यक्ष अर्जुनवहादुर केसी,राखेप टिम तयारीका निर्देशक महेन्द्र राई लगायतको उपस्थिति रहेको थियो । लछनोट सोमबारसम्म चल्ने छ । प्रतियोगिताअन्तर्गत शनिबारका खेलहरु अपरान्ह २ः३० बजेदेखि सुरु हुने छन् ।