नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता
खेलकुद
आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्र ी चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र मेयर धनराज आचार्यले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाकारी दिएका हुन् ।
सदस्यसचिव घिसिङ्गले आइतबार मेयर आचार्यले भेटको क्रममा नवौंलाई सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट छुट्याइसकेको र प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको बारेमा जानकारी गराएका छन् ।
यस्तै मुख्यमन्त्री पोखरेलले घिसिङ्गलाई गण्डकी प्रदेशको खेलाडी छनौट र आवश्यक तयारीका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्र ालयसँगको सहकार्यमा बजेट निर्धारण भइसकेको समेत जानकरी गराएका छन् ।
यसबाहेक घिसिङ्गसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदशे सरकारको तर्फबाट नवौंलाई सफल बनाउन अन्य तयारीमा छलफल तिव्र गतिमा अघि बढीरहेको समेत प्रतिद्धता जाहेर गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ३६ वटा खेलहरुलाई समावेश गरिएको छ भने २ वटा खेललाई प्रदर्शनी खेलको रुपमा राखिएकोे छ ।