सौन्दर्यकर्मीको मध्यपुर ठिमी नगरकमिटी पुर्नगठन
कला
सौन्दर्यकर्मी मध्यपुर ठिमी नगरकमिटी पुर्नगठन भएको छ । गोमा खत्री कार्कीको अध्यक्षतामा १३ सदस्यीय मध्यपुर ठिमी नगरकमिटी पुर्नगठन गरिएको हो । पुर्नगठित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा निरा अधिकारी,सचिव बिनी श्रेष्ठ,सह सचिव सुस्मिता राई,कोषाध्यक्ष द्रोपती कुमारी बोहरा रहेका छन् । त्यस्तै सदस्यहरुमा कल्पना साही ठकुरी,बिजया अधिकारी,अनिता ज्ञावली,अनिता बुढाथोकी,रजनी श्रेष्ठ,अनिता स्याङ्ताङ,सृजना अधिकारी र कमला सापकोटा रहेका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बाग्मती प्रदेश संगठन कमिटी को संगठन सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत मध्यपुर ठिमी नगरकमिटी पुर्नगठन तथा सदस्यता बिस्तार कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सदस्य तथा भक्तपुर इन्चार्ज रन्जु जोशीको सक्रियतामा र नाबुन केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश कमिटी सचिव सुजना जोशिको प्रमुख आतिथ्यतामा सौन्दर्यकर्मीहरुलाई युनियनको बिधान र संगठनको बारेमा प्रशिक्षण दिई भेला आयोजना गरेर मध्यपुर ठिमी नगरकमिटी पुर्नगठन गरेको हो ।
पुर्नगठित पदाधिकारी तथा सदस्यीयहरुले बिधान अनुसार पद तथा गोपनीयताको शपथ लिएका थिए । नवगठित कमिटिको पहिलो बैठक बुधवारनै सम्पन्न गरी आगामी कार्ययोजना तय गरेको जानकारी गराएको छ ।