एशियान बक्सिङमा नेपालको सहभागिता न्युन, संघको अन्तिम प्रयास
खेलकुद , बक्सिंग ,
एशियाको सबैभन्दा ठूलो एयसवीसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगिता -ASBC Elit Men Womens Boxing championship 2021 _मा नेपाली टोलीको सहभागिताको न्युन भएको नेपाल बक्सिङ संघले जानकारी गराएको छ ।
दुबईमा मे २४ देखि ३१ सम्म संचालन हुने प्रतियोगिताका लागि नेपाल बक्सिङ संघले पहिलो चरणमा १५ तौल समूहका खेलाडी छनोट गरेको थियो । दोश्रो चरणमा उत्कृष्टताका आधारमा पुरुषतर्फ ५ र महिलातर्फ २ खेलाडी छनोट गरेको थियो । पुरुषतर्फ ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा पुरन राई, ६० केजीमा गणेश थापा, ६४ केजीमा भुपेन्द्र थापा र ६९ केजीमा सनिल साही तथा महिलातर्फ ४८ केजीमा ललिता महर्जन र ५४ केजीमा मिनु गुरुङलाई संघले नियमित बन्द प्रशिक्षणमा राखी प्रशिक्षण गराई रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । मिनु,भुपेन्द्र र सनिल १३औं सागका स्वर्ण पदक विजेता खेलाडी पनि हुन् ।
विज्ञप्तिमा अल्लेख छ, अन्तिम तयारी स्वरुप सबै खेलाडीहरुको पि. सि. आर. परिक्षण गरी सबै स्वास्थ्य मापदण्ड पालना गराई विगत ३ हप्ता देखि होटलमा राखि बन्द प्रशिक्षण संचालन गर्दै आइरहेकोमा नेपालमा विद्यमान कोरोना महामारीले गर्दा सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गरेका कारण नेपाली खेलाडीको सहभागिता न्युन बनेको छ ।
नेपाल बक्सिङ्ग संघले विभिन्न एयरलाइन्ससंग सम्पर्क गरी संभावित चार्टर फ्लाईटको प्रयास गर्दा समेत कतैबाट कन्फर्मेसन आएको छैन । यस सम्बन्धि सबै जानकारी राष्ट्रिय खेलकुद परिषद ,एशियन बक्सिङ्ग(एयसबीसी र एआईबीसी) ASBC / AIBA मा गराई सकेका छौँ । एयसबीसीले पहिलो पटक प्रथम हुनेलाई USD १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुने दुई जनालाई २ हजार ५ सयका दरले राखिएको प्रतियोगिता खेलाडीको व्यक्तिगत र्याङ्किङ्ग सुधारको लागि महत्वपूर्ण भएको प्रबक्ता श्यामकाजी अवालेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेपाली बक्सिङको प्राविधिक विकासका लागि संघको विगत ४ वर्ष देखिको प्रयासबाट आईटीओ international tecnical officer -ITO_ को तालिमका लागि पुष्करराज पन्थ र बासुदेव दाहाल दुई प्रावीधिकले पनि सहभागीता जनाउने कार्यक्रम रहे पनि सम्भावना कम भएको छ । स्मरणीय छ, नेपालमा हाल सम्म पनि आईटीओ तालिम लिएका प्रावीधिक छैनन् । कुनै पनि बक्सिङ प्रतियोगिता संचालन गर्नका लागि आईटीओ को धेरै ठुलो भुमिका हुने गर्दछ ।
नेपाल बक्सिङ संघले खेलाडी सहभागिताका लागि अन्तिम प्रयास स्वरुप AIBA / India Boxing federation संग अनुरोध गरि एउटै उडानका लागि प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ । भारतको नयाँ दिल्लीमा हुने प्रतियोगिता कोरनाका कारण युएईमा स्थानान्तर गरिएको थियो ।