प्याट्रियोटिक विजयी
क्रिकेट , खेलकुद ,
झापाको प्याट्रियोटिक क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा सोमबार जित हात पारेको छ । प्याट्रियोटिकले नेक्ससलाई ७२ रनले पराजित ग¥यो । तीन खेलमा नेक्ससको पहिलो हार हो । प्याट्रियोटिकले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १५९ रनको योगफल खडा ग¥यो । संगम बुढाथोकीले ४२, हिमान्शु गिरीले २६ र सक्षम अर्यालले १९ रन जोडे । नेक्ससका जेस सर्राफ र निकेश खड्काले १–१ विकेट लिए ।
पूरै २० ओभर खेलेको नेक्ससले ८ विकेट नोक्सानीमा ८८ रन बनायो । जेस सर्राफले सर्वाधिक ४५ स्कोर गरे । उनले ३ चौका र १ छक्का प्रहार गरे । प्याट्रियोटिकका संगम बुढाथोकी ‘म्यान अफ द म्याच’ घोषित भए ।
त्यस्तै जीएचसीए ‘ए’ ले आयोजक एन्जल्स हार्ट नेसनल ‘बी’ लाई १० विकेटले हरायो । एन्जल्स १९ ओभरमा ९१ रन बनाउदै अलआउट भयो । निसान पुनले ३६ रन प्रहार गरे । जीएचसीए ‘ए’ का प्रशान्त महत र असाम थापाले समान ३ विकेट हात पारे । जीएचसीए ‘ए’ का प्रशान्त महत ‘म्यान अफ द म्याच’ चुनिए ।