त्रिकोणात्मक टी–२० मा नेपालको सानदार जित
क्रिकेट , खेलकुद ,
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गदै नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दियो । नेपालका दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो कदम थियो । त्रिकोणात्मक सिरिजमा नेपालले ११६ रनको कीर्तिमानी साझेदारी मात्र गरेन ओपनरद्वय कुशल र आसिफको सानदार अर्धसतकीय पारीले नेपाललाई जितको संघारमा पु¥याए ।
ओपनरद्धय दुबैको सानदार ब्याटिङ प्रर्दशनमा नेपालले ११६ रनको कीर्तिमानी साझेदारी पायो । त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाली ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११औं ओभरमा शतकीय साझेदारी गरेका हुन् । दुवैले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ओपनिङ गरेका हुन् । आसिफले आउट हुनु अघि ३६ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतले ५२ रन बनाएका थिए । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक अवजित ६२ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहे । जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पाएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । नेदरल्यान्ड्का बास डी लिडेले ४९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । नेदरल्यान्ड्सका जुलियन डेमेले एक विकेट लिए ।