आईबा युथ वल्र्ड बक्सिङ्ग च्याम्पियनशिप सुष्माको ऐतिहासिक जित
खेलकुद , बक्सिंग ,
पोल्याण्डमा भईरहेको AIBA Youth Men’s and Women’s World Boxing championships 2021 अन्तर्गत आजभएको प्रिलिमिनरी बक्सिङ्ग ४८ केजीतौल समुहमा नेपालकी सुस्मा तामाङ्गले लिथुआनियाकी मुक्केवाज बजाल्याते डिजा लाई तेस्रो राउण्डमा आरएससी को आधारमा पराजित गर्दै क्वार्टर फाईनलको यात्रा तय गरेकी छिन् । लो राउण्ड देखि नै निकै आक्रमक रुपमा विपक्षि खेलाडी डिजामाथि प्रभाव देखाउन सफल सुस्माले दोस्रो राउण्डमा अझै उत्कृष्ट खेल देखाएकी थिइन् । मनोवल उच्च बनाएर तेस्रो राउण्डमा रिङमा प्रवेश गरेकी सुष्माको कडा प्रहार गरेपछि लुथियानाकी बक्सरलाई रेफ्रीले दुईपटक काउण्ट दिदै खेल नै स्थगित गरी सुस्मालाई आर एस सी को आधारमा विजयी घोषित गरेका थिए ।
अब उनको अर्को भिडन्त आयोजक पोल्याण्डकी खेलाडी Kuczewska Natalia Dominlka संग प्रतिष्पर्धा हुनेछ । उक्त भिडन्त जितेमा नेपालले आईबायुथ वल्र्ड बक्सिङ्ग च्याम्पियनशिपमा ऐतिहासिक पदक जित्न सफल हुनेछ । आईबायुथ वल्र्ड च्याम्पियनशिपमा नेपालको ऐतिहासिक जित हो ।