न्यु डायमण्ड र पुलिस उपाधि नजिक
खेलकुद , भलिबल ,
ह्वङ्गवान्जी न्यू डायमण्ड र नेपाल पुलिस पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधि नजिक पुगेका छन् । न्यु डायमण्डले एपीएफलाई ३–१ को सेटमा हराउदै फाईनल यात्रा तय गर्यो । नेपाल पुलिसले आर्मीमाथी ३–० को सोझो सेटमा जित निकाल्दै फाईनल प्रवेश गर्यो । लिगको अन्तिम खेलमा न्यु डायमण्डले चिर प्रतिद्धन्द्धी एपीएफलाई २५–२१,२६–२४,१४–२५ र २५–२१ को सेटमा हरायो । न्यु डायमण्ड ५ खेलबाट १३ अंक जोड्दै शिर्ष स्थानमा रहन सफल भयो । दोश्रो खेलमा नेपाल पुलिस क्लबले आर्मीलाई २६–२४,२५–१७ र २६–२४ को सोझोमा हराउदै ५ खेलबाट ११ अंक जोड्न सफल भएको थियो । एपीएफले ५ खेलबाट १० र आर्मीले ५ खेलबाट ८ अंक जोडेका थिए ।