कमरेड ! आफ्नै पार्टी बनाऊ बलियो
प्रान्तीय , राजनीति ,
रुकुममा उपस्थित बिशाल जनसभामा कलाकारले “आफ्नै पार्टी बनाऊ बलियो” कमरेड ! भन्ने मार्मिक गितले नेकपा माओवादीले बिराएको बाटोलाई संकेत गदै पार्टी एकता ठिक थिएन भन्ने संकेत गरेका छन् । रगत पसिनाबाट बनाएको “आफ्नै माओवादी पार्टी बनाऊ बलियो” भन्ने अनुरोध आफ्ना नेता कमरेड प्रचण्डलाई गरेका छन् ।
मंगलवार रुकुमेली जनताका सामु सायद महिले गल्ती गरे छु, फटाहा र जन आधार नभएका षड्यन्त्रकारी सप्तरीमा स्वयंम म माथी बम प्रहार गर्ने ब्यक्तिलाई च्यापेर सोझा सिधा सहिद परिवार र जनयुद्धका बेलामा रगत पसिना बगाउने कार्यकर्ता ओझलमा परेर हेड क्वाटरमा फटाहाहरुले घेरे जस्तो देखिएको छ । म अब शहिद परिवार र जनयुद्धका बेला रगत पसिना बगाउने कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्छु ।