प्रतिभाको घुडाको अप्रेशन गर्ने डा. बैद्य भलिबल कोर्टमा
खेलकुद , भलिबल ,
आरबीबी एनभिए च्याम्पियनशिपका दौरान २०७६ माघ १० गते राखेप त्रिपुरेश्वर कभर्डहलमा घुडाको गम्भिर समस्य भएर तत्कालै ब्लुक्रस हस्पिटलमा भर्ना भएर अपे्रशन गरेकी प्रतिभाले स्वास्थ्य लाभ लिदै आफ्नो लयमा फर्कन थालेकी छिन् । प्रतिभाको खेल हेर्न अप्रेशन गर्ने डाक्टर रुपेशकुमार बैद्य कभर्डहलमा आईपुगे ।
डा. बैद्य भन्छन्– प्रतिभा घुडाको जटिल इन्जुरीमा थिईन् । एउटा घुडाको एसीएल र एनसीएल दुईटा लिगामेन्टका साथै मिडयल र लाटोेल मिनेष्टरमा पनि समस्य देखिएको थियो । हामी पनि चिन्तित थियौं । खेलाडीका लागि यो निकै ठुलो इन्जुरी थियो । मलाई के होला म खेलमा फर्कन सक्छु कि सक्दिन् बिरामी पनि डरको मनिस्थिति थिईन् । याज सर्जन यति ठुलो राष्ट्रिय खेलाडीलाई पछि खेलमा फर्कउन सकिन्छ सकिदैन ब्याकअफ द माईन्डमा त्यो थियो । अप्रेशन राम्रो गरौला खेलमा फर्काउने कुरामा एउटा डर र कन्सेस हामीमा थियो । अप्रेशन राम्रो गरे पनि खेलमा फर्काउन सकिन्छ भन्ने पक्षमा हामी चिन्तित थियौं । अप्रेशन गरे पश्चात फलोअपमा आउदा उनमा खेलमा फर्कने मेन यम थियो । त्यो जोस जागरले हामीलाई पनि उत्साहित बनायो । मलाई भिडियो पठाएको थियो अचम्म लाग्यो । उनी १० महिना पछिनै खेलमा फर्किईन् । यो बिरामी पक्ष र उपाचार गर्ने पक्ष दुवै टिमको लगनशिलाताको परिणाम हो । डा. बैद्यले भने म अहिले खेल हेदैछु ।
मंगलवार भएको खेलमा न्युडायमण्डले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । खेल पश्चात डा. बैद्यले प्रतिभाको अप्रेशन गरेको घुडाको अवस्था हेरेका थिए ।