प्रचण्डको स्वार्थमा देश सती जानु पर्ने– प्रधानमन्त्री ओली
राजनीति , संघीय ,
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको स्वार्थमा देश सती जानु पर्ने भन्ने प्रश्न गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा एमाले अध्यक्ष प्रधानमन्त्री ओलीले प्रचण्ड तिर निशाना साधै भने, आफ्नो निहीत स्वार्थका लागि केही मान्छेले देशको राजनीति धमिल्याउन खोज्दै छन् । यो देश के प्रचण्ड भन्ने मान्छेको स्वार्थको पछाडि सती जानुपर्ने हो ? विगतमा माओवादीसँग हतियार र लडाकु भएकाले धेरै मानिस डराउथे । एउटा समय थियो म मात्र बोल्थेँ मानिस हतियार र लडाकुसँग डराउँथे । ती दिन त गए । अब मानिस डराउदैनन्,प्रचण्डसँग न हतियार छ न लडाकु नै ?
सुन्दैछु , अदालतमा पार्टी एकता गर्न गएका छन् रे ? अदालतबाट पार्टी एकता हुने भए म पनि मेरो पार्टीमा महन्थको पार्टी मिलाउन मुद्धा दायर गरौं । प्रचण्डलाई पार्टी एउटै बनाएर दर्ता गर्न रोक्यो कस्ले ? पार्टी मिलाइदिन अदालतमा निवेदन हाल्ने । नेकपा पार्टीमा भाँडभैलो गर्ने,अनि एकताको कुरा रट्ने । प्रचण्डजी बेकारको उल्टापाल्टा कुरा गरेर नहिँड्नुस् , पार्टी अध्यक्ष संसदीय दलको नेतालाई नै कार्यवाही गरेको भाषण डबलीमा गर्ने अनि एकताको गफ दिने ?