सत्ताको दौडले बजार गरम
राजनीति , संघीय ,
प्रधान मन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चासोका साथ लागि परेका छन् । प्रचण्ड ओली सरकार ढल्न लागि परिहदा एमालेका बरिष्ठ नेता पुर्व प्रधान मन्त्री झलनाथ खनालले आफू यही एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिनका लागि प्रयास गर्ने बताएका छन् ।
नेकपा एमाले बाहेको सरकार समिकरणका लागि दौडधुप गरिरहेका दाहाललाई जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा भेटी सरकार परिवर्तनका बारेमा छलफल गरेका थिए । उता बुधवारको संसद बैठक पश्चात बाहिरिने क्रममा पत्रकार सँग कुरा गदै प्रधान मन्त्री ओलीका कट्र बिरोधी नेता खनालले नेकपा एमालेको सरकार जोगाउन आफु प्रयास गर्ने बताए । उनले भने अब राजनीतिक पार्टी र राजनीतिज्ञबीच नयाँ खेल शुरु हुन्छ ।