बागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच सम्झौता
खेलकुद , बक्सिंग ,
बागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच प्रशिक्षक तालिम सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । बक्सिङ खेलको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यले बागमति प्रदेश खेलकुद परिषद् सदस्य–सचिव सुर्यलाल भण्डारी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबीच सम्झौता पत्र आदन प्रदान भएको छ । ललितपुर स्थित संघको कार्यलयमा दुई पक्षियबीच भएको सम्झौता अनुसार तालिममा प्राविधिक सहयोग नेपाल बक्सिङ संघको रहने छ भने बागमती खेलकुद परिषद्ले नेपाल बक्सिङ संघलाई तालिम सञ्चालनका लागि नगद ६ लाख रुपैयाँ उपलब्ध गराउने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । चैत २६ गतेदेखि काभ्रेमा सुरु हुने तालिममा बागमति प्रदेशका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हाल प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका करिब ३० जना प्रशिक्षक को सहभागिता रहने छ । स्थानिय आयोजकको रुपमा काभ्रे जिल्ला खेलकुद विकास समितिले भूमिका निर्वाह गर्ने छ । सम्झौता कार्यक्रममा नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसी,मुख्य प्रशिक्षक प्रकाशवहादुर थापालगायतको उपस्थिति रहेको थियो ।