विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ
राजनीति
मुस्ताङ, १४ फागुन । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन पक्राउ परेका छन् ।
पुनलाई म्याग्दीको मालिका गाउँपालिका(२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिएका छन्।
एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायत गतिविधिमा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।