सानिमा बैंकको नयाँ शाखा संचालनमा
बैंक
काठमाडौं । काठमाडौंको टोखा‐६ ग्रान्डि हस्पिटल नजिकै सानिमा बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकको उक्त शाखाको समुद्घाटन् मंगलबार ब्रान्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।
समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यरे ।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
बैंकले हाल देशभरका ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।