काठमाण्डौैमा लौरो, भरतपुरमा सुयर्, हेटौंडामा हलोको अग्रता
राजनीति
काठमाण्डौैमा लौरो, भरतपुरमा सुयर्, हेटौंडामा हलोको अग्रता
काठमाण्डौं महानगर पालिकाका जनताले विरारत जमाएर बसेका मुख्य राजनितिका पार्टी एमाले र कंग्रेसलाई सबक सिकाएका छन् । खास गरि युवा पुस्ताले बालेन्द्र शाहमार्फत आफ्नो मत अभिव्यत गरेका छन् । शाहले प्रमुखमा ४१३९ मत ल्याउदा सुर्यका केशव स्थापितले २१४८ मत ल्याएका छन् ।
भरतपुर महानगर पालिकामा सुर्यका बिजयी सुवेदीले रेनु दाहाल ३ मतले पछि परेका छन् ।
बागमती प्रदेशको मुकाम हेटौडा उपमहानगर पालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहले सत्ता गठबन्दनकी एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका छन् राप्रपाका सिंहले मेयर पदबाट २,७१० भोट ल्याएर पहिलो पटक अग्रता लिएका हुन । दोश्रो स्थानमा झरेकी सामाजवादीकी लामाले २,६६९ मत ल्याएकी छन् ।
हाल सम्म एमालेले १५ स्थान,कंग्रेसले ११ सस्थान जितेका छन् । त्यस्तै माओवादीले ९ र समाजबादीले २ स्थान हात पारेका छन् । अग्रताको हिसाबमा कंग्रेस पहिलो र एमाले दोश्रो र माओवादी तेश्रो स्थानमा छन् ।