एसियाली खेलकुद लागि कुस्ती खेलाडीको प्रारम्भिक छनोट
एनओसी
कुस्ती
कुस्तीमा ७ पुरुष र ८ महिला गरी १५ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक समेत रहेका कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले जनाएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताको पुरुष ८६ केजीमा आर्मीका आदित्यराज यादव, प्रहरीका दीपेश राउत कंकर र आर्मीका वीरेन्द्रसिंह साउद तथा ७४ केजीमा आर्मीका सुरेश चुनारा, प्रहरीका गंगाराम चमार, बाँकेका फजिल राउत अहिर र प्रहरीका धर्मेन्द्रप्रसाद यादव सफल भए ।
महिला ६२ केजीमा आर्मीकी सुशिला चन्द, आर्मीकै निर्मला जागरी, कञ्चनपुरका कोमल खत्री र विमला सुनार तथा ५७ केजीमा आर्मीकी शिवाङ्गी दुवे, एपीएफकी अम्बिका भण्डारी, कञ्चनपुरकी मनीषा सिंह र आर्मीकी लक्ष्मी तामाङ पहिलो चरणमा प्रवेश गरे । एकदिने छनोट प्रतियोगिताको पुरुषमा ८ र महिलामा १२ गरी २० खेलाडीले प्रतिस्पर्धा गरेको संयोजक बस्नेतले जनाएका छन् ।