एसियाड एथलेटिक्समा २० खेलाडीको प्रारम्भिक छनोट
एनओसी
चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदको एथलेटिक्सका लागि २० खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । नेपाल एथलेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक छनोट गरेको एथलेटिक्सका केन्द्रीय सचिव आरके विष्टले जनाएका छन् ।
म्याराथनमा कृष्ण बस्नेत, खडकबहादुर खड्का, नरेन्द्र रावत, होमलाल श्रेष्ठ, पुष्पा भण्डारी, विन्द्राधन्के श्रेष्ठ र रेखा विष्ट तथा १० हजार÷५ हजार मिटर दौडमा गोपीचन्द्र पार्की, दीपक अधिकारी, सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र फुलमती राना छनोट भए । ५ हजार मिटर दौडमा मुकेशबहादुर पाल, गजेन्द्र राई र नागेश्वर अहिर तथा ८ सय÷१ हजार ५ सय मिटर दौडमा अजितकुमार यादव, सुनिल सुनुवार, सोमबहादुर कुमाल, तेजबहादुर कार्की र सन्जिव नेपाली रहेका छन् ।
एथलेटिक्स संघले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरेको दुईदिने छनोटमा २ सय ५० खेलाडीको सहभागिता रहेको सचिव विष्टले जानकारी गराए