न्यु कुमरोज च्याम्पियन
एनओसी
आयोजक न्यु कुमरोज तेक्वान्दो डोजाङ प्रथम बालकुमार उप्रेती स्मृति तथा ६७ औं चितवन जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।
न्यु कुमरोजले ८ स्वर्ण, ५ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ चितवन तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको गौतम बुद्ध तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र १ कांस्य हासिल ग¥यो ।
सिनियरको पुरुषमा सौराहाका अनिश गिरी तथा महिलामा आयोजककी आयुष्मा चौधरी उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा सौराहाका लीलाराम गिरी र महिलामा आयोजककी नविना तामाङ उत्कृष्ट खेलाडी बने ।
प्रतियोगितामा चितवनसहित धादिङ, मकवानपुर र काठमाडौंका गरी ३ सय ४० खेलाडीले १७ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक अभिषेक गौतमले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु चितवनको खैरहनी नगरपालिका, वडा ३ स्थित गवै माविमा भएको थियो ।