सदस्य सचिव भण्डारीद्धारा तेक्वान्दोको उद्घाटन
खेलकुद , प्रान्तीय ,
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सुर्यलाल भण्डारीले शनिवार तेक्वान्दो खेलको उद्घाटन गरेका छन् । प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत समावेश गरिएको आठ खेल मध्ये हेटौडाको भुटनीदेवीस्थित कभर्डलमा तेक्वान्दो शुरु भएको हो । उद्घाटनका अवसरमा सदस्य–सचिव भण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको गौरब बढाउने कार्यमा निस्वार्थ भावनाका साथ खेलकर्मी एक हुनु पर्ने धारणा ब्यक्त गरे । सदस्य–सचिव भण्डारीले प्रदेश खेलकुदको उद्देश्य माथी प्रष्ट पादै भने–प्रदेशले प्रतिभावन खेलाडीको खोजी गर्ने, प्रशिक्षण र प्रतियोगिताद्धारा तिर्खार्ने र राष्ट्रिय प्रतियोगितामा बागमतीलाई उत्कृष्ट प्रदेशको रुपमा स्थापित गर्ने हाम्रो उद्देश्य रहेका छ । नेपालकै नेतृत्व गर्ने शसक्त खेलाडी राष्ट्रलाई दिन सवालमा हामी अवल बन्न चहान्छ । यहि उद्देश्यका साथ प्रदेश खेलकुद गरि रहेका छौं,प्रत्येक बर्ष निरन्तर दिनेछौं । हामी खेलाडी सेवा सुविधा र बिमा जस्ता खेलाडीका हकका कुरामा सदैब सचेत छौं ।
तेक्वान्दो खेलाडी,प्रशिक्षक र ब्यवस्थापकप्रति संकेतगदै सदस्य सचिव भण्डारीले भने– तेक्वान्दो खेलको इतिहास गर्बीलो छ, हामीले संकल्प गरौं, कुनै कारण तेक्वान्दोको गरिमालाई आच आउने काम कसैबाट हुनु छैन । हामी संघ–संस्था प्रति आवारी छौं–सबै जिल्लाको सहभागिता र सहयोगले प्रदेश खेलकुदको महत्व र गरिमालाई उच्च बनाएको छ ।
नेपाली खेलकुदको प्रतिस्ठा बढाउने खेल मध्य तेक्वान्दो प्रति धेरैको चासो देखिन्छ । प्रतियोगितामा बागमती प्रदेशका तेहृौं जिल्लाका दुई सय बाईस खेलाडीको सहभागिता रहेको छ । आयोजक बागमती प्रदेशले महिला तथा पुरुषमा समान १३÷१३ इभेन्टको समावेश गरिएको छ । खेलकुदको पनि केन्द्र मानिएको काठमाण्डौं उपत्यकाले जुन सहभागिता देखाउनु पर्ने हो त्यो कम देखिएको छ । काठमाण्डौले ९ महिला १० पुरुष गरि १९ खेलाडी १३ इभन्टका लागि प्रतिस्पर्धामा उतारेको छ । ललितपुर ९ पुरुष ६ महिला खेलाडीका साथ हेटौंडा आएको छ । भक्तपुर ९ पुरुष ४ महिलाका साथ अत्याधिक पदक जित्न चहान्छ ।
काभ्रपलाञ्चोकले पनि १३ इभेन्टका लागि महिला तथा पुरुष समान ११÷११ जना खेलाडी म्याटमा उतारेको छ । रामेछाप ११ पुरुष ११ महिला खेलाडीका साथ अत्याधिक पदक जित्ने अपेक्षामा छ । नुवाकोटले पनि समान ११÷११ खेलाडी प्रतिस्पर्धामा उतारेको छ । सिन्धुलीले ५ महिला ४ पुरुष तथा दोलखाले ६ महिला ९ पुरुष समापेश गरेको छ । धादिङले ११ महिला १० पुरुष,आयोजक जिल्ला मकवानपुरले ८ महिला ७ पुरुष र सुवाले ८ महिला १० पुरुष खेलाडी प्रतिस्पर्धामा उतारेका छन् ।
सबै भन्दा बढी २४ खेलाडीका साथ सहभागिता जनाएको छिमेकी जिल्ला चितवन ११ पुरुष १३ महिला खेलाडीका साथ अत्याधिक पदक जित्ने अपेक्षामा छ । सिन्धुपाल्चोकले सबै भन्दा कम ७ खेलाडी समावेश गरेको छ । उसले ३ महिला ४ पुरुष खेलाडीबाट पदक तालिकामा आफ्नो उपस्थिति प्रमाणित गर्न चहान्छ । प्रतियोगिता ३ दिन सम्म चल्ने छ । प्रतियोगिता अन्तर्गत आईतवार एथ्लेटिक्सको खेलहरु काठमाण्डौ दशरथ रंगशालामा संचालन हुनेछ ।