प्रथम बागमती प्रदेश खेलकुद ललितपुर र मकवानपुर फाइनलमा
खेलकुद , प्रान्तीय ,
ललितपुर र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरीका सकिएको थियो । अर्को सेमिफाइनलमा मकवानपुरले दोलखालाई ५–१ को फराकिलो गोलअन्तरले हरायो । मकवानपुरका समिरराज ठोकरले २ तथा ललित राजवंशी, अमिर श्रेष्ठ र अनिश महर्जनले १–१ गोल गरे । दोलखाका स्वयं श्रेष्ठले सान्त्वना गोल गरे । फाइनल आइतबार हुने छ । पुरुष टी– २० क्रिकेटमा काभ्रे र मकवानपुर सेमिफाइनलमा पुगे । काभ्रेले भक्तपुरलाई ८ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १३० रन बनायो । निश्चय थापाले ४५ रन जोडे । जवाफमा काभ्रेले १२.५ ओभरमा २ विकेट गुमाउदै १३३ रन बनायो । सुवास खकुरेलले नटआउट ७४ रन जोडे । मकवानपुरले ललितपुरलाई ७४ रनको फराकिलो अन्तरले हरायो । सुरुमा ब्याटिङमा उत्रेको मकवानपुरले १९.१ ओभरमा अलआउट हुनुअघि १५८ रनको योगफल खडा ग¥यो । गौरव खड्काले ७७ रन जोडे । ललितपुर २० ओभरमा ८ विकेट नोक्सानीमा ८४ रनमा समेटियो । फरिद खानले २१ रन जोडे ।