व्याख्यात्मक घोषणाको पक्षमा अमेरिका
राजनीति
नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी बेरीले संसदबाट व्याख्यात्मक घोषणा सहित पास भएको एमसीसीको पक्षमा अमेरिका रहेको बताएका छन् । राजदूत बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँगको बुधबारको भेटमा नेपाल सरकारले संसदबाट पास गरेको व्याख्यात्मक घोषणामा कुनै पनि असहमति नरहेको पुष्टी गृह मन्त्रालयको सचिवालयले गरेको छ । ‘एमसीसीबारेमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाका बारेमा हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हाम्रो कुनै आपत्ति छैन, यसमा हामीले भन्दै आएका विषय समेटिएका छन् ।
भेटका अवसरमा गृहमन्त्री खाँणले एमसीसीका बारेमा प्रधानमन्त्री सदैभ चिन्तित रहनु भएकालले सफलता प्राप्त भएको बताए । उनले भने नेपाली कंग्रेस प्रतिपक्षमा हुदा नि एमसीसी पस गर्ने पक्षमा थियो । व्याख्यात्मक घोषणाका साथ एमसीसी पास हुदा नेपाली र सरकार खुसी छौं ।