व्याख्यात्मक घोषणा लाज छोप्ने टालो–अध्यक्ष ओली
राजनीति
एमसीसीका बारेमा धारणा सार्वजनिक गर्न नेकपा एमालेले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको दावी गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमै अनुमोदन भएको तर्क दिए । अध्यक्ष ओलीले ६ वटा उपमा प्रस्तुत गदै प्रतिनिधिसभाबाट अनुमोदन गरिएको व्याख्यात्मक घोषणाको अर्थ नरहेको पुष्ट्याइँ गरेका छन् । ओलीले भने– व्याख्यात्मक घोषणा लाज छोप्ने टालो हो ।