एमसीसी फिल्म, को हिरो को भिलेन ?
राजनीति
अमेरिकी सहयोग परियोजना (एमसीसी)ले दुई ध्रुबलाई मिलाउने अवस्था सृजना भएको छ । इतिहास साँची छ, जब–जब यी दुई राजनीति शत्रु एउटै उद्देश्यका साथ सहमतिमा अगाडि बढेका छन्,देशले ठुलो परिवर्तन पाएको छ , उथलपुथलको सामना गरेको छ । दुवै पार्टीमा त्यो हैसियत र सार्माथ्य छ । परिस्थितिले पनि नेपाली काग्रेस र एमालेलाई त्यहि बाटोमा हिडाउदै छ । चाहेर होस् न चाहेर होस् दुई धु्रब मिल्ने संकेत देखिन थालेको छ । विशेष गरेर माओबादी र समाजबादीका लागि यो संकेत कति पनि राम्रो छैन् । यता एमालेको पिडा आलै छ, फलम तातेकै बेला हतौडा हान्न चाहन्छ । उता एमसीसीको मुद्दा उठाएर प्रचण्ड–माधब जनमत खोज्दै छन् । सरकारको नेतृत्व गरेको कंग्रेस पनि सरकार साझोदार पार्टीको “सरकार र सडक” दोहोरो भूमिकाका कारण आजित छ ।
कुरा गरौं बिहिवारको राजनीतिक तरङ बाट, प्रधान मन्त्री शेरवहादुर देउवा र पूर्व प्रधान मन्त्री केपी ओलीबीच बार्ता लगैता प्रचण्डले ओलीलाई भेटे । फेरी बालुवाटरमा देउवा र ओली बीचको वन टु वान सम्बाद । बाहिर थुप्रै कुरा आए । कति सत्य छ, बिगतको झै एक आर्कालाई बोकेर हेड्ने गल्ती नगरौं , एजेन्डाका आधारमा सत्ता साझोदारी र एमसीसी पास गर्नै । सायद दुवैले विश्लेषण गरेका हुदा हुन बिगत राप्रपाले उठाएको फाईदा र राजनीति अस्थिरता ? जे होस यो काष्टिङ हो एमसीसीको पुरा फिल्म हेदै जानु होला, को हिरो को भिलेन ? अनि जनताको अदालत ।