सरोज मिष्टर फदरवेट च्याम्पीयन
बक्सिंग
सरोज महर्जनले मिस्टर फदरवेट च्याम्पियनको उपाधि शनिवार जितेका छन् । आल नेपाल एनएएन मिस्टर फेदरवेट च्याम्पियनशिपको उपाधि भिडन्तमा बक्स माणडुका सरोजले एपीएफका सुमन नेपालीलाई ४–१ को स्पीलट डिसिजको आधारमा पराजित गदै च्याम्पियन बनेका हुन ।
धरान उपमहानगर पालिकाको संयोजनमा संचालन भएको बीर गणेशमान सिंह नोभिस बक्सिङ्गको पुरुष ४८ केजी तौल समुहको फाइनल खेलमा उदयपुरका मानबहादुर बुढाथोकीले अनुप बक्सिङ क्लबका उज्वल सापकोटालाई ५–० अंकले पराजित गरी स्वर्ण पदक जित्न सफल भएका छन् । पुरुष ५१ के.जीतौल समुहमा विराटनगर का सागर यादवले अनुप बक्सिङ क्लबका निरंजन राईलाई ५–० ले पराजित गदै स्वर्ण हात पारेका छन् । त्यसै गरि ५४ के.जी. तौल समुहमा अनुप बक्सिङ क्लबका जिवन राईले झापाका निश्चल राजबंसी पराजित गदै पहिलो स्थान हात पारेका छन् ।
नेपालबक्सिङ्ग संघको तत्वावधानमा संचालन भएको पुरुष ५६ केजी तौल समुहमा धरानका मौसम भुजेलले अनुप बक्सिङ क्लबका कमल मगरलाई ४–१ अंकको आधारमा पराजित गदै पहिलो स्थान हात पारेका छन् । पुरुष ६० केजी तौल समुहमा अनुप बक्सिङ क्लबका मौसम थालाङले धरानका सागर तामाङलाई च्क्ऋ को आधारमा पराजित गदै स्वर्ण जित्न सफल भए । पुरुष ६३.५ केजी तौल समुहमा अनुप बक्सिङ क्लबका सपल तामाङले झापाका अभिनास राईलाई ४–१ को अंकको आधारमा पराजित गदै स्वर्ण जित्दा ६७ केजीतौल समुहमा अनुप बक्सिङ क्लबका सुसन खड्गीले झापाका प्रसाङ्ग लिम्बुलाई ३–२ को अंकमा पराजीत गदै स्वर्ण जितेका छन् । पुरुष ७१ के.जीतौल समुहमा धरानका सहिल राईले दमकका जिवन राजबंसीलाई च्क्ऋ को आधारमा पराजित गरे । पुरुष ७५ केजीतौल समुहमा धरानका मिलन राईले उदयपुरका आयुष कार्कीलाई च्क्ऋ को आधारमा पराजित स्वर्ण जितेका छन् ।
सुनसरी जिल्ला बक्सिङ्ग संघको आयोजना संचालन बीर गणेशमान प्रदेशस्तरीय नोभिस बक्सिङ्गप्रतियोगिता अन्तर्गत महिला ४८ के.जीतौल समुहमा दमककी दिप्सा लिम्बुले धरानकी दिप्ती श्रेष्ठलाई ५–० अंकको आधारमा पराजित गदै स्वर्ण जितेकी छन् । महिला ५४ के.जीतौल समुहको फाईनल खेलमा धरानकी जोनी लिम्बुले उदयपुरकी मुस्कान तुलाधरलाई ५–० अंकले पराजित गरिन भने ६० केजीतौल समुहमा दमककी सुस्मिता लिम्बुले दमककै युना मगरलाई ५–० अंकको आधारमा पराजित गरी स्वर्ण पदक प्राप्त गरिन् ।
बिजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, राष्ट्रिय खेलकुद परिसदका पूर्व सदस्य सचिव केशवकुमार विष्ट, नेपालबक्सिङ्ग संघका वरिष्ट उपाध्यक्ष अर्जुन बहादुर केसी, नरेन्द« कुमार पोमोले पुरसकार वितरण गरेका थिए । समापन समारोहमा अध्यक्ष अवालेले कोरोना महामारीको दोश्रो लहर पछि खुल्ला रुपमा स्वास्थ्य मापदण्द पूरा गरी बक्सिङ्ग प्रतियोगिता आयोजना सफल सुनसरी जिल्ला बक्सिङ्ग संघ परिवार एवं सहयोगी व्यक्ति विशेष र संघ संस्थालाई धन्यवाद दिएका थिए ।