असहमति हुँदाहुँदै जबरजस्ती हुदैन– वरिष्ठ नेता खनाल
प्रान्तीय , राजनीति ,
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसी बारे दलहरुबीच सहमति नहुँदा–नहुँदै संसदमा टेबुल गर्न नहुने धारण राखेका छन् । नेता खनालले बुधबारको अवरुद्ध प्रतिनिधिसभाको बैठक पश्चात पत्रकारसँग कुरा गर्दै सहमति नहुँदा नहुँदै एमसीसी सम्झौता जबरजस्ती टेबुल गर्न नहुने बताए ।
उनले भने कतिपय नमिलेका कुरामा जबर्जस्ती गरेर हुँदैन, वर्षौंवर्ष लगाएर सहमति हुन्छ, बुदाहरुमा परिमार्जित गरेर परिस्कृत बनाउन सकिन्छ । नेता खनालले भने, असहमतिको विषयमा बल प्रयोग गदैमा हुन्छ ? धाकधम्की दिएर हुन्छ ? एमसीसी सम्झौताभित्र गम्भीर राष्ट्रिय हित विपरीतका कुरा छन् । त्यो कुरा नसच्चिकन ती कुरामा सुधार नभएसम्म एमसीसी पास हुन सक्दैन ।