खोपमा अभियानमा लापरवाही भएको समितिको निश्कर्ष
राजनीति
कोरोना भाइरस विरुद्धको खोप अभियानमा लापरवाही भएको निश्कर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले निकालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले कोभिड–१९ विरुद्धको खोपमा पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा औलाईएको छ । उत्त समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न समेत सुझाव दिएको छ । कोरोना भाइरसविरुद्धको २४ लाख खोप हराएको खबर सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।