मंगलवार बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने
प्रान्तीय , राजनीति , संघीय , स्थानिय ,
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ। संसदीय दलको कार्यालयले एक सूचना जारी गर्दै मंगलवार बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको हो।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ।