नेपाल आयो फोर्स गुर्खा
कर्पोरेट , ब्यापार ,
काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी नेपाल आइपुगेको छ । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले गुर्खा अफरोड एसयूभी नेपाल ल्याएको हो ।
अहिले परिक्षणको लागि एक यूनिट मात्रै नेपाल आइपुगेको गुर्खा केही दिनको परिक्षणपछि बुकिङ खोल्ने योजना कम्पनीले बनाएको छ ।
विशेषत अफरोड र एड्भेन्चर ट्राभलको लागि उपयोगी गुर्खा मार्चको दोस्रो हप्ताबाट विक्री सुरु हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।
विशेषत अफरोड एसयूभी मनपराउने ग्राहक लक्षित गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार, सुजुकी जिम्नी जस्ता मोडलसँग हुने देखिन्छ । नयाँ गुर्खामा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, नयाँ डिजाइनको ह्वील जस्ता फिचर समावेस गरिएको छ ।
बल्की डिजाइन, टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टम, मर्सिडिजको २.६ लिटर डिजेल इन्जिन, सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर पाउन सकिन्छ । साथै, नयाँ ड्यासबोर्ड, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ । यसको मूल्य करिब ७२ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।