मन्त्री गहतराजद्धारा बक्सिङ्ग खेलाडी विदाई
खेलकुद
उजवेकिस्तनको तास्कन्त शहरमा संचालन हुन गैरहेको एएसबीसी यु–२२ पुरुष÷महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन सुस्मा तामाङ्ग –४८ के.जी. तौल समुहमा र प्रशिक्षकहरुमा प्रमुखप्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकारलाई आज एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री माननीय महेश्वरजंग गहतराज ज्यूबाट आफ्नै निवास पुल्चोकमा एक कार्यक्रमकाबीच विदाई गर्नुभएको छ ।
खेलाडी सुस्मा तामाङ्ग भरखरै काठमाडौंमा सम्पन्न ूप्रकाशदाहाल स्मृतीू दोश्रो राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताका स्वर्ण पदकविजेता हुन् । यसै वर्ष बैसाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङ्गमा क्वाटरफाइनलसम्म पुगेकी थिइन् । अनी विश्व युवा बक्सिङ्ग ¥याङकिङमा उनी छैटौं स्थानमा छिन् ।
कार्यक्रममा नेपाल बक्सिङ्गका संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति थियो ।
यही जनवरी २० देखि ३० तारिखसम्म हुने उक्त प्रतियोगितामा एशिया महादेशका २५ भन्दा बढी राष्ट्रको सहभागीता हुनेछ । नेपाली टोली मंगलबार तास्कन्त प्रस्थान गर्दै छ ।