कन्चनपुरमा कराते मेला
कराते
जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल, कञ्चनपुरले “प्रथम कराते मेला २०७८” आयोजना ग¥यो । वि.सं. २०७८ कार्तिक २७ गते बिहान ८ बजेदेखि मेला आरम्झ गर्ने घोषणा गरेको थियो । कराते मेला बिहान ८ बजेदेखि सञ्चालन हुने भएता पनि बिहान ६ बजेदेखि नै आ–आफ्नो “गी” मा सजिएका खेलाडीहरु विभिन्न डोजोहरुबाट आयोजना स्थल तर्फ जाँर्दै थिए । कराते मेला आयोजना गर्ने गुरुहरुलाई भ्याई नभ्याई थियो । बिहान ४ बजेदेखि नै कोही गुरुहरु फोनमा व्यस्त थिए भने कोही कार्यक्रमहरु तयार गर्दै थिए । कराते मेला सानो थिएन । कञ्चनपुर जिल्ला भरीका सम्पूर्ण खेलाडीहरु एकै थलोमा जम्मा हुने दिन थियो । यसको व्यवस्थापन कम चुनौतीपूर्ण थिएन । एक दिनको कार्यक्रम भएतापनि दुृई तीन दिन देखि आयोजकहरुको दौडधुप निरन्तर थियो । खान, बस्न, चिया र खाजाको व्यवस्थापन गर्न कम झन्झतिलो थिएन । यो सबैले महशुस गर्ने कुरा हो । कञ्चनपुरका गुरुहरु यो कार्यक्रम सफल पार्न धेरै मेहनतका साथ लागि पर्नु भएको देखिन्छ । त्यहाँ कसैलाई फूर्सद थिएन । व्यवस्थापनमा खेलाडीहरुको समेत उत्साहजनक सहभागी देखिन्छ । कोही माइकको व्यवस्थापनमा, कोही कुर्सी व्यवस्थापनमा र खेलाडीहरु पालको व्यवस्थापनमा सकृय रहे । हो यही हो एकता । एकले थुकी सुकी सयले थुकी नदी भनेको यही हो । कञ्चनपुर जिल्ला भरीबाट खेलाडीहरु जम्मा भई खेल प्रदर्शन गर्ने भएकोले मञ्चको व्यवस्था पनि अत्यन्त आकर्षक बनाउनु पर्ने भएको हुँदा अनुभवी गुरुहरु त्यतातिर व्यवस्त देखिन्थे ।
कराते मेलाको उद्घाटन गर्न उप–मेयर जानकी ऐर प्रमुख अतिथिको रुपमा आउने तय भएको रहेछ । यहाँको तामझाम देख्दा कार्यक्रम निकै आकर्षक र विशाल हुने देखिन्थ्यो । केन्द्रबाट विभिन्न पदाधिकारी तथा गुरुहरुको उपस्थिति भै सकेको थियो । केन्द्रका उपाध्यक्ष बाबुलाल डंगोललाई विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो । सहायक प्रमुख प्रशिक्षक लक्ष्मण डंगोल र भ्याली हेड डोजोका प्रशिक्षक प्रतिक डंगोललाई पनि विशेष निमन्त्रणा थियो । उक्त मेलामा अतिथिको रुपमा आमन्त्रण गरिएका काठमाडौँ बुढानिलकण्ठ नगरपालिका ६ का गणेशलाल महर्जन पनि उपस्थित हुनु हुन्थ्यो भने निमा लामा पनि सँगै थिए । सो कराते मेला सिद्ध वैजनाथ मा.वि. को विशाल चौरमा आयोजना गरिएको थियो । स्थानिय समाजसेविहरु पनि लस्करै थिए । आयोजक गुरुहरु जीत पौडेल, सरोज चौधरी, गजेन्द्र वि.क., गजेन्द्र वोहरा, विन्दु मोक्तान, चन्द्र मोहन कलौनी र दिपक रोकाय हुनु हुन्थ्यो ।
बिहान ८ बज्दै थिए । कराते खेलाडीहरु ग्रुप ग्रुपमा कराते मेला तर्फ जार्दै गरेको बाक्लै देखिन्थ्यो । जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपालका सहायक प्रमुख प्रशिक्षक लक्ष्मण डंगोलले भिन्न भिन्न डोजोका खेलाडीहरुलाई ¥याङ्क अनुसार छुट्याउदै हुनु हुन्थ्यो । अर्काे तहका खेलाडीहरुलाई अपरिचित समूहको माहोलका बीचमा मिलाएर विभिन्न समूहहरु मिलाउदै हुनु हुन्थ्यो । अनि कञ्चनपुरका सबै डोजो प्रमुख गुरुहरुलाई एक ठाउँमा भेलागरी आ–आफ्नो डोजो भन्दा पनि अन्य डोजोका खेलाडीहरुलाई अतिरिक्त प्रशिक्षण दिन विशेष निर्देशन दिनुभएको थियो । त्यसपछि विभिन्न समूहहरुलाई केन्द्रबाट जानु भएका गुरुहरु, कञ्चनपुरका गुरुहरु र दिपक रोकाय गुरु सबै भएर शैद्धान्तिक तथा व्यवहारीक ज्ञान सम्बन्धि प्रशिक्षणहरु अलग अलग रुपमा सम्पन्न गरेका थिए । कराते मेला सञ्चालनको क्रममा प्राविधिक शिक्षाहरु समेत दिएका थिए । उक्त दृश्याबलोनको दृश्य हेर्दा नेपालका अन्य कराते भन्दा भिन्न ढंगबाट अगाडि बढेको प्रस्तै देखिन्छ । मेलामा उपस्थित भएका सयौँ जना खेलाडीहरुको उभचायचmबलअभ हेर्दा साँच्चीकै कञ्चनपुर जिल्लाका खेलाडीहरुले कोल्टे फेर्नेमा दुईमत छैन् । जो खेलाडी इमान्दार लगनशील र अनुशासित हुन्छ उही अगाडि बढ्छ । क्ष्।द्य।च्।म् डोजोको प्रमुख बिन्दु मोक्तान भन्दै हुनु हुन्थ्यो, यो कराते मेला २,३ वर्ष अगाडि गर्न पाएको भए कति राम्रो हुन्थ्यो होला । त्यति खेर मेरो डोजोमा ४०० जनासम्म खेलाडीहरु खेल्न आउथे । त्यो अवस्थामा सयौँ होइन हजारौँले मेलामा भाग लिन्थ्यो होला भनेर कराते मेला ढीलो सञ्चालन भएकोमा दुखेसो पोख्नु भयो । यस कार्यक्रम पश्चात दिउसो १ बजे औपचारिक कार्यक्रमको प्रारम्भ भएको थियो ।
प्रमुख अतिथि उप–मेयर जानकारी ऐरको आगमनमा निकै ढीलो भैसकेको थियो । वहाँ बिहानै उपस्थित हुने कुरा थियो । नगरपालीबाट हुने न्याय सम्पादनका कार्यहरु निरन्तर र नियमित गर्नु पर्ने वहाँको काँघमा थियो । मेलमिलापको माध्यमबाट न्याय दिनु सर्वाेकृष्ट हुने नै भए । निर्माणका कामहरुको नियमित मूल्याङ्कन गर्न र सम्पन्न हुन बाँकी कार्यहरुको स्थलगत निरीक्षण गर्न पनि ढिलाई गर्नु हुँदैन । नगरपालिकाका तमाम कार्यहरु समयमै सम्पन्न गर्नु पर्दछ । त्यसैले होला ती कामहरु गर्दागर्दै कराते मेलामा उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको थियो । वहाँले शुभकामना पत्र पठाउदै भन्नु भएको थियो, कञ्चनपुरको विजयनगरमा भैरहेको कराते मेला भव्यताका साथ सम्पन्न होस्, कञ्चनपुरको कराते विकासमा यसले ठूलो परिवर्तन ल्याओस, यसको विकासले देशको नाम राख्न सफल होस यसका लागि नगरपालिका तथा मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नु भएको कुरा उद्घोषक मार्फत जानकारी भएको थियो ।
प्रमुख अतिथिको अभावको महशुस हुन नदिन करातेमा अठठाइस वर्षदेखि निरन्तर लागि राख्नु भएका र हाम्रो जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपालका उपाध्यक्ष बाबुलाल डंगोल प्रमुख अतिथिमा छानिएको थियो । उक्त कार्यक्रमको सभापति धर्मानन्द अवस्थिले गर्नु भएको थियो । सभापति, प्रमुख अतिथि, अतिथि लगायत सबै गुरुहरुलाई गुरु सरोज चौधरीले खादाद्वारा सम्मान व्यक्त गर्नु भएको थियो । गंगा साउद गुरु र रविना वि.क. ले सबैलाई व्याज वितरण गर्दा कार्यक्रम अझ आकर्षक बनेको थियो । जीत पौडेल गुरुले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । सहायक प्रमुख प्रशिक्षक लक्ष्मण डंगोलको तर्फबाट प्रत्येक खेलाडीलाई ट्रयाकसुट र टी–सर्त वितरण गर्दा खेलाडीहरुमा उत्साह थपिएको थियो । १२ वर्षको एक जना खेलाडीलाई स्पेशल खालको “गी” वितरण गर्न खेलाडी छान्न निकै गाह्रो भएको थियो । सबैको सहमत अनुसार प्रत्येक डोजोबाट एक एक जना छानि तिनीहरुको बीचमा पगmष्तभ खेल मार्फत जित्नेलाई त्यो “गी” दिने निर्णय अनुसार राष्ट्रिय रेफ्री दिपक रोकाय रेफ्रीमा जजहरुमा जीत पौडेल, सरोज चौधरी, गजेन्द्र वोहरा, गजेन्द्र वि.क. भएको निर्णाक मण्डल गठन भएको थियो । सो प्रतियोगितामा वंक डोेजोले स्पेशल “गी” र नगद रकम हात पार्न सफल भएको थियो । सहायक प्रमुख प्रशिक्षकको तर्फबाट डोजो प्रमुखहरुलाई ८ जोर ग्लोवहरु, आका र आवा वेल्टहरु ८ वटा, जज झण्डाहरु ८ वटा माउथ गार्ड १०÷१२ वटा (प्रतियोगितामा भाग लिदा दाँतको सुरक्षाको लागि लगाउने) र जापान कराते डो नान्बुकाई सितोरिया संघको कपडामा बनाईएको लोगो अङिकत विशेष प्रकारको ब्याजहरु सबै डोजो प्रमुखहरुलाई हस्तारण गरी डोजोलाई समृद्ध बनाउन पहल कदमी चाल्नु भएको थियो । सहायक प्रमुख प्रशिक्षक लक्ष्मण डंगोल गुरुले सहयोग प्रदान गरी डोजोको भौतिक पूर्वाधार विकासमा टेवा पु¥याउन महत्वपूर्ण योगदान गर्नु भएकोले सो योगदानको कदर गर्दै कञ्चनपुर जिल्लाले वहाँलाई हार्दिक धन्यवाद ज्ञापन गरेको थियो । त्यस्तै गरी प्रमुख अतिथि बाबुलाल डंगोलले प्रत्येक डोजोलाई स्यानीटाइजर, ग्लोवहरु, र मास्कहरु भएको झोला वितरण गर्नु भएको थियो । त्यस्तै गरी कराते बुलेटिन अंक २ प्रत्येक डोजोलाई ५० वटा र अंक १ एक वटाका दरले हुनेगरी सहयोग स्वरुप प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा, कराते मेलामा भाग लिन आउनु हुने सबै डोजो प्रमुखहरुलाई सहायक प्रमुख प्रशिक्षक लक्ष्मण डंगोल गुरुले मायाको चिनो वितरण गर्नुभएको थियो । उहाँ भन्दै हुनु हुन्थ्यो यस कराते मेला–२०७८ सञ्चालन गर्ने कञ्चनपुर जिल्ला धन्यवादका पात्र भएको छ भने उक्त मेलालाई विशेष रुपले सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दोमिल्ला डोजोका प्रमुख जीत पौडेल, वंक डोजो प्रमुख गजेन्द्र वि.क., क्ष्।द्य।च्।म् डोजो प्रमुख विन्दु मोक्तान, पिल्लरी डोजो प्रमुख गजेन्द्र वोहरा, दैजी डोजो प्रमुख सरोज चौधरी र राष्ट्रिय रेफ्रि दिपक रोकायलाई विशेष सम्मान तथा आभार व्यक्त गरेका थिए । गर्दछु भन्नु हुँर्दै अतिरिक्त सहयोग गर्ने भाई चन्द्र मोहन कलौनीलाई गहिरो माया पनि वहाँले व्यक्त गर्नु