प्रकाशदाहाल स्मृति बक्सिङ्ग शुरु
बक्सिंग
नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी भएका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा हराए । सोहीतौल समुहमा बक्सिङ्ग ट्रेनिङ तथा फिटनेशका मौसम रानामगरले एपिएफका विक्रम परियारलाई ३ः२ को स्पिलिट डिसिजनमा हराए ।
६० केजीतौल समुहमै काठमाण्डौ युथ बक्सिङ्ग क्लबका निर्मल सुबेदीले कास्कीका सौगात कुमाललाई ४ः१ को स्पिलिट डिसिजनमा पराजित गराए । सोहि तौल समुहको अर्को प्रतिष्पर्धामा आर्मी क्लब बीका सुजन सुनारी मगरले रामेछापका सुरेस कुमार भण्डारीलाई युनानिमस डिसिजनको आधारमा पराजित गरे । त्यसै गरी पुरुष ४८ किलो तौल समुहमा उदयपुरका लक्ष्मण राईले भुतपुर्व बक्सिङ्ग क्लब कास्कीका दर्शन गुरुङ्गलाई ३ः२ का आधारमा पराजित गरे । सोहि तौल समुहमा सुर्खेतका मोहन गुरुङ्गले चितवनका सरोज गुरुङ्गलाई पाखालगाए । पुरुष ५१ प्mलाई वैट तौल समुहमा उदयपुरका नारायण भुजेलले सुर्खेतका पारस साहीबाट वाक ओभर पाएका थिए । सोहि तौल समुहमा आर्मी क्लब बीका जयन्त मैनालीले प्रतिद्वन्दी भुतपुर्व बक्सिङ्ग क्लब कास्कीका ओमान गुरुङ्गलाई आर एस सीको आधारमा पराजित गरे । आर्मी ए का सुवास तामाङ, रुकुमका जीवनकुमार पुन, प्रदिप महर्जनले क्रमशः बाजुराका चिरन्जिवि खडका, तारकेश्वरका बोध राजखत्री र दाङ्गका लक्ष्मण बुढामगरलाई पराजित गरे । पुरुष ५४ किलो तौल समुहमा भने रामेछापका आर्यन गहतराजले गुल्मीका बसन्तबहादुर सारुलाई पराजित गरे ।
प्रतियोगितामा ३४ जिल्ला तथा क्लबबाट १३९ पुरुष तथा ४६ महिला गरी जम्मा १८६ मुक्केबाजहरु बिच २१ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रकाशदाहाल स्मृति दोस्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिताको उद्घाटन मान्नीय युवातथा खेलकुद मन्त्री महेश्वरजङ्गगहतराज“अथक” ले गरेका थिए । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग, राखेपका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारी, राखेपका निर्देशक महेन्द्र राईलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता मंसिर ३ गते सम्म चल्नेछ ।