सुमन कुलङले जिते विन्टर ट्रेल हाफ म्याराथनको उपाधी
खेलकुद
पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङलाई कार्तिक २७ ,सिन्धुपाल्चोक चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधी संगै उनले नगद ५० हजार प्राप्त गरेका छन । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा आज सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो भएका हुन् । दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।
महिला तर्फ धादिङका रसिला तामाङ पहिलो भइन । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन । उपाधी संगै उनले नगद रु ५० हजार प्राप्त गरेकी छिन् । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पुरा गर्दै दोश्रो स्थान प्राप्त गरिन । त्ेश्रो, चौँथो र पाँचौ स्थान क्रमश प्ुयुठानका संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारे । त्यस्तै सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन एसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाउनु भएको थियो ।
जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीमा अन्त्य भएको २१ किलोमिटरको हाफ म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरी बाट सुरु भएको हो । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रदेशमा साहसिक तथा पर्यटकीय खेलकुदलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याइ नेपाली खेलाडी हरुले बिदेशी खेलाडीहरु संगको प्रतिस्पर्धामा बिजयी बनाउन र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भन्डारिले बताउनुभयो । प्रदेश खेलकुद बिकास परिषद्ले गतबर्ष यसै ठाउँमा पाँच पोखरी देखी मेलम्ची सम्म ४६ किलोमीटरको अल्ट्राम्याराथन ट्र्याकको साइन्टिफिक अध्ययन गरेको र त्यसलाइ बिश्वमा प्रचलनमा रहेका प्रमुख ४ भाषाहरु अङ्ग्रेजी, चाइनिज, फ्रेन्च र स्पेनीस भाषामा समेत तयार गरि उक्त ठाउँलाई अन्तर्राष्ट्रियकरण गर्न लागिएको समेत सदस्य सचीव भण्डारीले बताए । पुरुष तथा महिला म्याराथन विजेताहरुले क्रमश पचास हजार, तीस हजार, बीस हजार, दश हजारका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । जिल्लाकै गौरब बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासि लामाले बताए । म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन गर्ने खेलकुद परिषदले जनाएको छ ।