विश्व बक्सिङका लागि खेलाडी सार्वजनिक
बक्सिंग
पत्रकार सम्मेलनमा बक्सिङ संघले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ ।
अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडी घोषण गरियो । खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त छनोटको आ-आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडी मध्येबाट ४ खेलाडी छनोट गरिएको हो ।
विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगर रहेका छन् । सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वणर्धारी हुन् ।