AIBA युथ वर्ल्ड बक्सिङ्ग च्याम्पियनसिप छनौट
खेलकुद , बक्सिंग ,
यहि अप्रिल ११ देखि २३ , २०२१ मा पोल्याण्डको किसि शहरमा हुन गइरहेको AIBA YOUTH MEN AND WOMEN'S WORLD BOXING CHAMPIONSHIP मा नेपालले सहभागिता जनाउने भएको छ।
प्राविधिक समितिको सुझाब अनुसार नेपालले महिला ४६-४८ के.जि तौल समुह र महिला ६० के.जि. तौल समुहको राष्ट्रव्यापी खुल्ला छनोट प्रतियोगिता चैत्र गते ३ तदनुसार मार्च १६ ,२०२१ मा सातदोबाटो स्थित राष्ट्रिय बक्सिङ्ग हलमा गर्ने भएको छ ।
उक्त खुल्ला छनोट खेलमा जनवरी १,२००२ देखि डिसेम्बर ३१, २००३ सम्म जन्म भएका महिला बक्सिङ्ग खेलाडीहरुले मात्र सहभागिता जनाउन सक्नेछन। सहभागी खेलाडिहरुले आफ्नो जन्मदर्ता प्रमाणपत्र सहित चैत् ३ गते बिहान ८ बजे सम्म तौल र स्वास्थ्य परिक्षण गर्न सातदोबाटो स्थित राष्ट्रिय बक्सिङ्ग हलमा उपस्थित हुनु पर्नेछ अन्याथा छनोट खेलमा सहभागी हुन पाउने छैन ।